तुलसीपुरमा भोली नेपाली रैथाने खाना संगै माघि मिलन कार्यक्रम हुने

century-mk

दाङ । दाङको तुलसीपुरमा पर्यटन प्रवर्द्धनका लागि नेपाली रैथाने खाना कार्यक्रमको आयोजना गरिने भएको छ । तुलसीपुर होटेल व्यवसायी संघले बिहीबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर पुस ३० मा रैथाने खाना कार्यक्रम तथा माघी मिलन कार्यक्रमको आयोजना गर्न लागेको जानकारी गराएको थियो ।

कार्यक्रम समीक्षालयमा दिनको ११ बजे देखि सुरु हुने आयोजक संस्थाले जनाएको छ । समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षता एवम् सल्लाहकार नेत्र वलीको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन भएको थियो । कार्यक्रमको उद्घाटन तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काले गर्ने कार्यक्रम रहेको छ ।

रैथाने खाना कार्यक्रममा ढिक्री, लुसुनको अचार, खिचडी, कुखुरा साँधेको, सुपमा खसीको खुट्टा, भेजामा सिन्की र भटमासको झोल, आलु भाङको अचार र मोहीको परिकार रहेको महासचिव तुफान केसीले जानकारी दिनुभयो । करिब ८ सय जनाको सहभागिता रहने अपेक्षा गरिएको उक्त कार्यक्रममा सबै खाना निशुल्क गरिने छ ।