काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनकाे बाँडफाँट केहिबेर अघि टुंगिएको छ । जसमा लुम्बिनी प्रदेशको पाँच बर्षकै लागि नेकपा एमालेले प्रदेशको मुख्यमन्त्री पाउने सहमति भएको छ ।
यस्तै गण्डकीमा समेत नेकपा एमालेले नै सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले पाँच बर्षकै लागि मुख्यमन्त्री पाउने सहमति भएको छ। यस्तै कर्णाली प्रदेशको मुख्यमन्त्री पाँच बर्षकै लागि नेकपा माओवादी केन्द्रले लिने सहमति सत्तारुढ दलबिच सहमति भएको छ। वागमती र सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालाे सरकारको नेतृत्व गर्ने सत्तारुढ दलहरुबिच सहमति जुटेको छ ।
यस्ताे छ भागवण्डा
मुख्यमन्त्री
प्रदेश १ : नेकपा एमाले
मधेश प्रदेश : जनता समाजवादी र जनमत पार्टी आलोपालो
बाग्मती प्रदेश : माओवादी केन्द्र र एमालेले पालैपालो
गण्डकी र लुम्बिनी प्रदेश : नेकपा एमाले
कर्णाली प्रदेश : नेकपा माओवादी केन्द्र
सुदूरपश्चिम प्रदेश : एमाले र माओवादी आलोपालो ।
प्रदेश सभामुख:
मधेस, कर्णाली – एमाले सभामुख
प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम – माओवादी
बाग्मती – राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रदेश उपसभामुख:
प्रदेश १ र गण्डकी- एमाले
बागमती र कर्णाली- माओवादी
लुम्बिनी- राप्रपा
मधेश प्रदेश- जनमत पार्टी
सुदूरपश्चिम- नागरिक उन्मुक्ति ( प्रस्ताव गरिएको )