दाङ। दाङको तुलसीपर स्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको जग्गामा घर बनाएकाहरुले आफै जग्गा खाली गर्न थालेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुर र सोही स्थानमा बसेकाहरुबीचको छलफल पछि उनीहरु आफैले जग्गा खाली गर्न थालेका हुन् ।
कार्यालयको उत्तरतर्फ २ कठ्ठा जग्गा अतिक्रमणमा परेको थियो ।
सोही जग्गामा ९ वटा घरहरु बनेका थिए । ति सबैले घर खाली गर्न थालेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताउनुभयो । उहाँका अनुसार ९ वटा घर मध्ये दुई घर सुकुम्वासी रहेकाले उनीहरुको ब्यबस्थापन तुलसीपुर उपमहानगरपालिकाले गर्ने सहमति भएको समेत प्रमुख पराजुलीले बताउनुभयो । यसअघि इप्रका तुलसीपुरको ५ कठ्ठा १० धुर जग्गा थियो ।