दाङ । दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’मा आज चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार विशेष प्रस्तुति रहने भएको छ।
प्रचारप्रसार समितिका संयोजक तिलकराज ओलीका अनुसार महोत्सवमा आज पुस १८ गरेको प्रमुख आकर्षणका रूपमा शान्तिश्री परियारको साङ्गीतिक प्रस्तुति रहनेछ। यसैगरी अन्य कलाकारहरूमा प्रेम प्रकाश ओली,दामोदर बस्याल लगायतको विशेष प्रस्तुति रहनेछ।

यसैगरी बिहीबार तुलसीपुर महोत्सव हाउसफुल भएको आयोजक संस्थाले जानकारी दिएको छ। रियल हिरोको नामले परिचित पल शाह पल शाहलाई अपार दर्शकको साथ थियो। त्यसैगरी, सम्झना भण्डारी, प्रकाश रेग्मी,नारायणी खत्री लगायतका चर्चित कलाकार तथा मोडलले आफ्ना चर्चित गीतहरू गाउँदा दर्शक दीर्घामा रहेका युवायुवतीदेखि वृद्धवृद्धासम्म नाचेर भरपुर साथ दिएका थिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि सञ्चालित यस महोत्सवमा दैनिकरुपमा दर्शकको उल्लेख्य सहभागीता हुने गरेको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताउनुभयो । महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीका अनुसार कलाकारहरूको प्रस्तुतिले दर्शकको आकर्षण बढाउँदा व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको छ ।
महोत्सवमा भोलि चर्चित गायिका रचना रिमाल सँगै अन्य थुप्रै चर्चित कलाकारहरु आउने साँस्कृतिक संयोजक टिकाजंग वलीले बताउनुभयो ।