Logo
६ मंसिर २०८१, बिहीबार

दाङको साैडियारमा ४० जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

century-mk

 

दाङ । आर्थिक अभावका कारण शैक्षिक सामग्री जुटाउन नसक्ने परिवारका बालकालिकालाई शैक्षिक सामग्री प्रदान गरिएकाे छ । घाेराही उप-महानगरपालिका वडा नम्बर-७ काे बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत ४० जना बिपन्न बालबालिकालाई ती सामग्री वितरण गरिएकाे हाे ।

वडामा रहेका तीन वटा सरकारी विद्यालयमा अध्ययनरत विपन्न बालबालिका छनाैट गरि एक जाेड ड्रेस र १/१ वटा स्कुल व्याग वितरण गरिएकाे थियाे । मावि साैडियारबाट २० जना,रात्री प्रावि शुक्रवार तथा माता पवित्रा देवि सांगवेद संस्कृत आधारभूत बिद्यालयबाट १०/१० जना गरी ४० जना विपन्न बालबालिकालाई सामग्री वितरण गरिएकाे हाे । वडा अध्यक्ष खाेपिराम चाैधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सहभागी बालबालिकाहरूले वडाले दिएकाे सामग्रीले आफ्नो पढाईमा ठुलाे सहयाेग पुग्ने बताएका थिए ।


वडा सदस्य यमकला कुमारी पुन मगरकाे स्वागत मन्तव्यबाट सुरू भएकाे उक्त कार्यक्रममा वडा सदस्य गाेमा नेपाली,मावि साैडियारका प्रधानाध्यापक ज्ञानेन्द्र गाैतम,रात्री प्राविका प्रधानाध्यापक सुशिला पाैडेल लगायतले वडाले आगामी दिनमा यस्तै जनमैत्री कार्यक्रम ल्याउनुपर्ने धारणा राख्नुभएकाे थियाे । यसैगरी उक्त कार्यक्रमकाे सहजिकरण वडाका सहायक कर्मचारी विमल याेगीले गर्नुभएकाे थियाे ।