काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको क्यासिनो आगलागिमा केहि दिन अघि ज्यान गुमाउनु भएको निराकार पाण्डेका बुवासँग भेट गर्नुभएको छ ।
प्रचण्डले सिंहदरबारस्थित मन्त्रीपरिषदको कार्यालयमा बोलाई आज कम्बोडियामा ज्यान गुमाउनुभएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गर्नुभएको हो।
भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको र निराकरको शव जतिसक्दो छिटो नेपाल ल्याएर परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।