Logo
१७ मंसिर २०८१, सोमबार

सुप्रिम मल्लको स्वरमा पवन वलीको २२ बर्ष पछि पुनः रेकर्ड ‘नरोउ धरर’ गीत सार्बजनिक  (भिडियो सहित)

century-mk

सल्यान। नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा अनबरत रुपमा लाग्नुभएका गायक पवन वलीको स्वरमा रहेको  ‘नरोउ धरर’ गीतको पुनःरेकर्ड गरिएको गीत सार्वजनिक भएको छ।

लोक लयमा आधारित गीतमा नेपालको पछिल्लो राजनीतिक अबस्था र दैनिक रुपमा सयौंको संख्यामा वैदेशिक रोजगार को लागी विदेश जानु पर्ने बाध्यतालाई मौलिक रुपमा समेटिएको छ। पवन वलीको शव्द तथा लय सिर्जनामा तयार भएको गीतमा बिनोद बाजुरालीको एरेन्ज रहेको छ।

पहिले पवन ओली र बिमा कुमारी दुराको स्वर रहेको सोही भाकालाई अहिले लोकप्रिय गायक तथा सर्जक पबन वलीले आफनै सिर्जनालाई समेटेर आफ्नो २२ बर्ष अघिको चर्चित गीतलाइ पुनःरेकर्डिङ  गराउनु भएको हो। सल्यान बागचौर नगरपालिका वडा नम्बर ११ बाँफुखोला लेख निवासी वलीले थुप्रै लोकप्रिय गित दर्शक स्रोता माझ ल्याइसक्नु भएको छ। हाल परिवार सहित अमेरिका बस्दै आउनु भएका वलीले त्यहीबाट नेपाली लोकदोहोरी क्षेत्रमा अमुल्य योगदान दिदै आउनुभएको छ।

गीतमा गरिबीले गर्दा आफ्नो घर परिवार चटक्कै माया मारेर मुगलान जाने नेपाली दाजुभाइ दिदीबहिनीको कथा ब्यथालाई समेटिएको छ । ‘नरोउ धरर’ गीतमा पछिल्लो समय चर्चामा रहनुभएकी गायिका सुनिता बुढा क्षत्री,बाल गायक सुप्रिम मल्ल ठकुरी,बिक्रम परियार र पवन वलीको स्वर रहेको छ ।

प्रकाश धितालको निर्देशन,बुद थापाको क्यामरा रहेको भिडियोलाई बिकाश ढकालको सम्पादन रहेको छ। गीतको भिडियोलाई पवन वलीको अफिसियल युटुब च्यानलमा राखिएको छ ।

असअघिका आफ्ना सृजनालाई जस्तै ‘नरोउ धरर’लाई पनि स्रोता दर्शकले रुचाउने गाएक पवन वलीको अपेक्षा रहेको छ । बुद्ध थापाको छायाँकन रहेको यस गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन गर्नुभएको छ भने विकास दाहालको सम्पादनपश्चात पवन वली युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
भिडियोमा हेर्नुहोस् :