लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदले लिए पद तथा गोपनीयताको शपथ

century-mk

दाङ । लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

आइतबार (आज) नवनिर्वाचित प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमित शेरचनले पद तथा गोपनियताको शफत ग्रहण गराउनु भएको हो। प्रतिनिधिसभा तथा अन्य प्रदेशमा प्रदेश प्रमुखले जेष्ठ सदस्यलाई शफत ग्रहण गराउने र जेष्ठ सदस्यले अन्य सदस्यलाई शफत ग्रहण गराउने चलन छ । तर, लुम्बिनीमा सबै प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले आईतबार लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिका देउखुरीमा नवनिर्वाचित सदस्यहरुलाई शफत ग्रहण गराउनु भएको हो ।

कुल ८७ प्रदेश सभा सदस्यहरु रहेको लुम्बिनी प्रदेश सभामा २९ जना प्रदेशसभा सदस्य सहित नेकपा एमाले पहिलो दल बनेको छ। यस्तै नेपाली कांग्रेसबाट २७ प्रदेश सभा सदस्य सहित दोस्रो ठुलो दल बनेको छ भने नेकपा (माओवादी केन्द्र)९ सांसदका साथ तेस्रो दल बन्न पुगेको छ।


यसैगरी राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४/४ जना प्रदेश सभा सदस्य हुनुहुन्छ । जसपा, लोसपा, जनमत पाटी र स्वतन्त्र ३/३ जना, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक/एक जना सांसदको लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व रहेको छ । यस्तै प्रदेशसभाको पहिलो अधिवेशन शोमबार (भोली) दिउँसो १ बजे बस्ने कार्यतालिका प्रदेश सभा सचिवालयले कार्यतालिका सार्बजनिक गरेको छ ।

नवनिर्वाचित प्रदेश सभा सदस्यहरुको आज भएको शपथ ग्रहण समारोहमा लुम्बिनी प्रदेश का मुख्यमन्ती कुलप्रसाद केसी,नेकपा एमालेका महासचिव तथा पूर्वमुख्य मन्त्री शंकर पोखरेल, पार्टी सचिव छविलाल विश्वकर्मा को सहभागीता रहेको थियो । यस्तै नेपाली कांग्रेसका नेता चन्द्र भणडारी, कांग्रेस का प्रदेश सभापति अमरसिंह पुन लगायत नेताहरुको उपस्थिति रहेको थियो।