Logo
२ माघ २०८१, बुधबार

एसईईमा अब दुईभन्दा बढी विषयमा एनजी ल्याउनेले समेत मौका परीक्षा दिन पाउने

century-mk

काठमाडौं । विज्ञान तथा प्रविधि मन्त्रालयले (एसईई मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई समेत मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने निर्णय गरेको जानकारी दिनुभयो । शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै एसइइ मा एनजी ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिने निर्णय गरेको छ ।यो वर्षको मौका परीक्षा साउनको १८ र १९ गते तोकिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहीबार हिजो सार्वजनिक गरेको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेड (एनजी)मा रहेका छ्न्  । यो संख्या परीक्षामा सहभागी कुल ४ लाख ६४ हजार ७८५ विद्यार्थीको ५२.१४ प्रतिशत हुन आउने संख्या हो ।