दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले चौथो पटक मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री महराले आज सोमबार माओवादी केन्द्रबाट प्रत्येक्ष निर्वाचित सांसद एवं प्रदेशमै निर्वाचित एक मात्र महिला सांसद कृष्णा केसीलाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्री केसीलाई सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको छ।
केसी यस अघि एमालेका लिला गिरी मुख्यन्त्री हुँदा करिब तीन महिना विनाविभागिय मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेर काम गर्नुभएको थियो । काँग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री हुँदा शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालेको एक महिनामै त्यो सरकार पनि ढलेसंगै अहिले तेस्रो पटक उहाँ मन्त्रीमा नियुक्त हुनुभएको हो । दोस्रो पटक बाँकेबाट प्रदेश सांसद निर्वाचित केसी मन्त्री नियुक्त भएसंगै प्रदेश सरकारको १२ सदस्यीय मन्त्री मण्डल हुनपुगेको छ।