कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

century-mk

काठमाडौँ।कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुभएको छ।

कान्तिपुरको प्रधान कार्यालय थापाथलिबाट मंगलबार साँझ सिरोहिया पक्राउ पर्नुभएको हो। सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषाले उहाँको नाममा पक्राउ पुर्जी जारी गरेकोले उहाँलाई पक्राउ गरेको प्रहरीको भनाइ छ।
सिरोहियाविरुद्ध धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकता सम्बन्धी कसुरमा वैशाख तेस्रो साता निवेदन परेको थियो।

यता सिरोहियाले आफ्नो नागरिकता सही भएको दावी गर्दै व्यक्तिगत प्रतिशोधले आफूविरुद्ध झुटो आरोप लगाएको उल्लेख गर्दै आफ्नो नागरिकता छानबिन प्रक्रिया रोक्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गर्नुभएको छ।