तुलसीपुर उवासंघका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण सम्पन्न

century-mk

तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार एक कार्यक्रमका बीच निर्वाचन समितिका संयोजक प्रविण लम्सालको अध्यक्षता तथा उच्च अदालत तुलसीपुरका मूख्य न्यायधिश नित्यानन्द पाण्डेको प्रमुख आतिथ्यतामा संयोजक लम्सालले नवनिर्वाचित अध्यक्ष विनिल केसीलाई सपथ खुवाउनुभएको थियो ।

यसैगरी नवनिर्वाचित अध्यक्ष केसीले अन्य पदाधिकारीहरुलाई सपथ खुवाएका थिए ।बिहीबार तुलसीपुर उद्योग बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यन्याधिस पाण्डेले तुलसीपुरलाई आकर्षक गनतब्यका रुपमा बिकास गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नब निर्वाचित अध्यक्ष बिनिल केसीले निर्वाचनका क्रममा मत बाँडिए पनि ब्यबसायिक एकता नबाँडियोस भन्दै जोस जाँगरका साथ खटिएर लाग्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत,नेपाली काँग्रेस तुलसीपुर उपमहानगर सहसचिव शेषमणी भण्डारी, नेकपा एमालेका नगर सचिव रुपबहादुर खत्री, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष मोहन थापा, दाङ जिल्ला उद्योग बाणिज्य संघकाअध्यक्ष वशन्त जोसी, निवर्तमान अध्यक्ष टंकसिंह बुढाथोकी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी लगाएतले नव निर्वाचित पदाधिकारीलाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो।

निर्वाचन समितिका संयोजक प्रबिण लम्सालको अध्यक्षतामा भएको उक्त सपथ ग्रहण कार्यक्रमको स्वागत मन्तव्य निर्वाचन समितिका सदस्य रामशरण चौधरीले गर्नुभएको थियो। यसैगरी   निर्वाचन समितिका सदस्य पुष्करबहादुर भण्डारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।