Logo
१८ मंसिर २०८१, मंगलवार

संस्थामा आर्थिक पारदर्शिता ल्याउनु मेरो प्राथमिकता : शेसकान्त ढकाल

century-mk

दाङसरल स्वभावको पर्याय हुन्, तुलसीपुरका व्यबसायी शेसकान्त ढकाल । तुलसीपुर उद्योग बाणिज्य संघको कोषाध्यक्ष पदका उम्मेदवार समेत रहेका ढकालको सरल भएकै कारण सबैले मन पराउछन् । बोली,चाली, वानी, व्यबहारले नै मानिशको व्यक्तिव निर्धारण गर्ने गर्छ । लोभलाग्दो त्यो ब्यक्तीत्वले नै उनी सफल ब्यबसायी हुन्, भन्ने कुरा जो कोहीले पनि आँकलन गर्न सक्छ ।

ब्यक्तीत्व मात्रै हाईन्, उनी काममा पनि त्यतिकै परिपक्क र इमान्दार छन् । उनी जे काम पनि परिपक्क र पारदर्शी हुनुपर्छ भन्ने मान्यता राख्छन् ।

उनको तुलसीपुर ५ स्थित उद्योग बाणिज्य संघको लाईनमा उनले नागरिक मेडिसिन डिस्टिब्यूटर्स छ । जहाँ २०६७ सालदेखि उनले ब्यबसाय गर्दै आएका थिए । त्यो भन्दा अघि उनी लमहीमा मेडिसिनको ब्यबसाय गर्दै आएका थिए । २०५७ सालदेखि उनले ब्यबसाय सुरु गरेका हुन् । त्यतिबेला दाङमा औषधी ब्यबसायी विरलै थिए । सानै उमेरमा व्यबसायमा जोडिएका उनी

२०३६ सालमा सल्यान कोटमौला जन्मिएका ढकालले सानो लगानीमा सुरुवातमा व्यबसाय सुरु गरेका हुन् । अहिले उनले साविक राप्तीका सबै जिल्लाका दुरदारजमा औषधी पठाउँदै आएका छन् ।

ढकाल ब्यबसायमा मात्रै होईन्, सामाजिक क्षेत्रमा पनि त्यतिकै क्रियाशिल छन् । उनी नेपाल औषधी थोक व्यबसायी संघ दाङका अध्यक्ष हुन्, भने रोटरी क्लब अफ तुलसीपुर सीटीको सदस्य पनि हुन् । उनमा नेपाल उद्योग ब्यापार महासंघको प्रदेश सदस्य भएको अनुभव पनि छ ।

उनी पदमा हुँदा होस्, वा नहुँदा सधै ब्यबसायीहरुकै हक हितमा बोल्ने ब्यक्ती हुन्। उनले अनाबश्यक कर बृद्धिले ब्यबसायमा परेको असर, घरबेटीले भाडा बृद्धि गर्न त्यसलाई ब्यस्थापन गर्न महत्वपूर्ण भूमिका खेलेका ब्यक्ती हुन् । त्यतिमात्रै होईन्, बैंकको ब्याज बृद्धिले ब्यबसायीलाई पारेको मर्काका विषयमा पनि पटक–पटक बोल्दै आएका छन् ।

उनी हरेक क्षेत्रमा आर्थिक पारदर्शीता हुनुपर्छ, भन्ने मान्यता राख्ने ब्यक्ती हुन् । ब्यबसायमा होस्, वा अन्य कुनै पनि क्षेत्रमा आर्थिक पारदर्शिता भएन भने कुनै पनि ब्यक्ती टिक्न सक्दैन्, त्यसैले आर्थिक पारदर्शिता नै अहिलेको आबश्यकता रहेको भन्दै आफू कोषाध्यक्षमा निर्वाचित भएपछि आर्थिक चुस्तता ल्याउने प्रतिबद्धता जनाएका छन् । संस्थालाई बलियो बनाउने र चुस्त बनाउने कुरा आर्थिकसंग नै जोडिने भएकाले त्यो कुरामा आफू गम्भीर रहेको उनको भनाई छ ।