सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । बिहीबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कँडेललाई सत्तारूढ दलका २३ सांसदले विश्वासको मत दिनुभएको थियो।
४० जना सांसदमध्ये मतदानमा ३५ जना सहभागी मध्ये कँडेलको पक्षमा २३ मत परेको छ भने विपक्षमा १२ मत परेको छ। यस्तै एक मत तटस्थ रहेको छ ।चैत २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मुख्यमन्त्री कँडेले तिन पार्टीलाई मिलाएर सरकार बिस्तार गर्ने तयारी गर्नुभएको छ।
कँडेलले माओवादी र एमाले र एकीकृत समाजवादीका सांसदको मत प्राप्त गर्नुभएको हो। प्रदेशसभामा नेकपा एमाले ९,नेकपा माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी १ सांसदले कँडेलको पक्षमा मत दिनुभएको हो।