दाङ विधुतिय ब्यवसाय संघको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

century-mk

दाङ । नव बर्ष २०८१ को अवसरमा सनिवार दाङ तुलसीपुरमा दाङ विधुतिय ब्यवसाय संघको आयोजनामा शुभकामना आदान प्रदान तथा भित्ये पात्रो बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।

सनिवार तुलसीपुरमा दाङ विधुतिय ब्यवसाय संघको आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवं तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्तीले संघका रचनात्मक कार्यले गर्दा संस्था चलाएमान भएको बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका घर्तीले विधुतिय ब्यवसायमा आवद्ध सम्पुर्ण ब्यवसायिका मिरमर्कालाई सहजीकरण गरेर सहयोग गर्ने संस्थाको रुपमा उभिन आग्रह गर्नुभयो।

यसैगरी कार्यक्रमका अतिथि एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले विधुतिय ब्यवसाय संघले आफुआबद्ध सदस्यहरुलाई कर शिक्षा,तालिम,गोष्ठीको माध्यमबाट ब्यवसाय सहज रुपमा निर्धक्क गर्ने बाताबरण गर्नतर्फ जोड दिन आग्रह गर्नुभयो । उहाँले अहिले आर्थिक मन्दीको अवस्थाले केहि अप्ठ्यारो अवस्था सृजना भएको हुँदा त्यसको सामना गर्दै राज्यलाई झकझक्याउदै अघि बढ्नुको विकल्प नरहेको बताउनु भयो।

दाङ विधुतिय ब्यवसाय संघका अध्यक्ष डुल्लुराम पोख्रेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा किराना ब्यवसायि दुर्गा भुसाल,दाङ विधुतिय ब्यवसाय संघमा आबद्ध ब्यक्तित्वको सहभागिता रहेको थियो ।

दाङ विधुतिय ब्यवसाय संघका महासचिव सन्तोष कुमार खड्काले कार्यक्रमको संचालन गर्नुभएको थियो भने स्वागत मन्तव्य बरिस्ठ उपाध्यक्ष चन्दन वलीले गर्नुभएको थियो ।