Logo
१८ मंसिर २०८१, मंगलवार

लुम्बिनीमा मन्त्रिपरिपद् विस्तार, तिन मन्त्रीको शपथ

century-mk

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ।

शुक्रवार ४८ सांसदको समर्थनसहित महरा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।मुख्यमन्त्री पदको शपथ लिएसँगै महराले तीन जना मन्त्री नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मुख्यमन्त्री महराको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमालेबाट चेतनारायण आचार्य र नेकपा माओवादी केन्द्र दीपेन्द्र पुन मगर र जनता समाजवादी पार्टी (जसपा)बाट भण्डारीलाल अहिरलाई शपथ गराउनु भएको हो।
नवनियुक्त बिनाबिभागिए मन्त्री आचार्य अर्घाखाँचीका, पुन रोल्पा र अहिर बाँकेका हुनुहुन्छ।

महरा नेतृत्व सरकारलाई एमाले, माओवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

१० राजनीतिक दलको प्रतिनिधित्व रहेको लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादी (सभामुख सहित) ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिका ४/४, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३/३, स्वतन्त्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १/१ जना सांसद हुनुहुन्छ ।

मुख्यमन्त्रीले आइतवार नै दाङको देउखुरीस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको थियो ।