रास्ट्रिय संगीतकर्मि संघ दाङ जिल्ला अध्यक्षमा श्रीधर कंडेल चयन

century-mk

दाङ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिती दाङमा नयाँ नेतृत्व चयन भएकाे छ । शनिबार दाङकाे तुलसीपुरमा भएकाे संघकाे पहिलाे विशेष अधिवेशनले देउखुरीकाे भालुवाङ निवासी श्रीधर कँडेलकाे अध्यक्षतामा नयाँ कार्य समिती सर्वसम्मत चयन गरेकाे हाे ।

संगीतकर्मी संघ दाङका निर्वतमान अध्यक्ष दिपक वली हालै संघकाे बुटवलमा सम्पन्न लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट काेषाध्यक्षमा, उपाध्यक्ष उषा दसाैदी प्रदेश उपाध्यक्षमा, जिल्ला प्रबक्ता रमेश वली प्रदेश प्रबक्तामा र सह-सचिव ईश्वर बिसी कार्य व्यस्तताले जिल्ला बाहिर रहेकोले विशेष अधिवेशनले उहाँहरूलाई बिदाई गर्दै कँडेलकाे अध्यक्षतामा नयाँ कार्य समिती सर्वसम्मत चयन गरेकाे हाे ।

जसको वरिष्ठ उपाध्यक्षमा एचआर मगर, महिला उपाध्यक्षमा बेलमती विक, उपाध्यक्षहरूमा कमल खड्का, वीरबहादुर बिक र दिपक बर्मा, सचिवमा भीमबहादुर वली, सह-सचिवमा केशरबहादुर सुनार, सह-कोषाध्यक्षमा रमेश जैसी, प्रवक्तामा केवी वली, सल्लाहकारमा लालमती भण्डारी निर्वाचित चयन हुनुभएको  छ । त्यस्तै संघकाे सह-प्रेस संयोजकमा रवि करालालाई मनोनयन गरिएको छ। त्यस्तै जिल्ला कार्य समितीकाे सदस्यमा चार जना थप गरिएकाे छ । यसरी थप हुने सदस्यहरूमा यज्ञ केसि बिपिन ओली सन्ध्या खड्का, धनबहादुर ओली, अमृता गिरी र नन्दिका सोनाकार रहेको प्रदेश कोषाध्यक्ष दीपक वलीले जानकारी दिनुभयो ।

संघका जिल्ला अध्यक्ष दिपक वलीकाे अध्यक्ष एवम् संघकी लुम्बिनी प्रदेश उपाध्यक्ष उषा दसाैदीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत गर्नुभएको थियो । संघका उपाध्यक्ष श्रीधर कँडेलकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रमको सञ्चालन संघका सचिव भीमबहादुर वली ओलीले गर्नुभएको थियो ।