Logo
८ मंसिर २०८१, शनिबार

करेन्ट लाग्दा तुलसीपुरका देवकोटाको कपिलवस्तुमा मृत्यु

century-mk

दाङ । करेन्ट लाग्दा दाङ तुलसीपुर निवासी एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका-१०, घर भई हाल कपिलवस्तुको कृष्णननगर नगरपालिका-९, बहादुर गञ्जस्थित नारायणी आँखा अस्पतालमा कार्यरत ल्याब टेक्निसियन ३३ वर्षीय देवराज देवकोटाको आइतबार करेन्ट लागेर मृत्यु भएको हो। आइतबार बेलुका सवा ६ बजेतिर कपिलबस्तुमा काप्रो टिप्न भनेर रुखमा चढेको समयमा रुखको हाँगा लच्किएर बिजुलीको हाइटेन्सनलाई छोइएपछि देवकोटालाई करेन्ट लागेको प्रहरीले भनाइ छ।

करेन्ट लागेर निधन भएका देवकोटाको शब पोष्टमार्टमका लागि भिम अस्पताल भैरहवामा राखिएको छ ।