तुलसीपुर,दाङ । नेकपा (माओवादी केन्द्र) तुलसीपुर उपमहानगरपालिका -५ नम्बर वडाले सहिद परिवारलाई सम्मान गरेको छ। सहिद सप्ताहको अवसर पारि आज सोमबार पार्टीको -५ नम्बर वडा कमिटीद्वारा तुलसीपुरमा आयोजित एक कार्यक्रममा उक्त सम्मान गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि माओबादी केन्द्रको केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष कुबेर वलीले समसामयिक पछिल्लो घटनाबारे प्रशिक्षण मुलक मन्तब्य राख्नुभएको थियो। पार्टीका केन्द्रिय सल्लाहकार शेशुराम भन्डारी, लुम्बिनी प्रदेश सदस्य तथा नगर इन्चार्ज प्रेम राज वली,प्रदेश सदस्य तथा नगर सह-इन्चार्ज चित्र बहादुर खड्का, माओबादी केन्द्रका नेता खेमराज वली,इस्वरि पान्डे ,तुलसीपुर नगर अध्यक्ष खुसिराम चौधरी, नगर सदस्य तथा ५ वडा इन्चार्ज मिन राज भण्डारीले पार्टीले शहिद परिवारलाई सकेको सहयोग गर्ने र सहिद घाइतेको योगदानलाई कहिल्यै अबमुल्यन हुन नदिने मात्र नभएर उहाँहरुले देखाएको बाटो नभुल्ने बताउनु भएको थियो।
पुर्व जनमुक्ति सेनाका नेपालका केन्द्रिय उपाध्यक्ष भिम बहादुर केसी,नगर सदस्य दिपक वली,जनयुद्धको सम्मान तथा समाजवाद अध्ययन केन्द्रका अध्यक्ष पुर्ण रावल,मगर मुक्ति मोर्चाका लुम्बिनी प्रदेश उपाध्यक्ष धन बहादुर बुढा,लुम्बिनी प्रदेश सदस्य बिरेन्द्र बिक,तुलसीपुर ३ का पार्टी अध्यक्ष प्रेम प्रकाश मल्ल,लुम्बिनी प्रदेश सदस्य तथा वाइसीएल नगर इन्चार्ज हेबेन्द्र शाही लगायतत अतिथिहरुको सहभागीतामा सहिद परिवार घाइते तथा बेपत्ता परिवार लगाएतलाई वडा कमिटीले सम्मान गरेको थियो ।
यसैगरी केहिदिन अघि माओबादी केन्द्र मा समाहित हुनुभएका खेमराज वली,इस्वरि पान्डे,युवराज केसी र एमाले पार्टी परित्याग आज माओवादी केन्द्रमा समाहित हुनुहुने सल्यान दार्मा निवासी तिलक खड्कालाई स्वागत तथा समान गरिएको थियो। नेकपा (माओवादी केन्द्र) तुलसीपुर उपमहानगरपालिका -५ नम्बर वडा कमिटी अध्यक्ष बेद प्रसाद वलीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजीकरण सचिव लोकेन्द्र खड्काले गर्नुभएको थियो।