Logo
११ बैशाख २०८१, मंगलवार

माघ २४ गतेबाट सुरु तुलसीपुर महोत्सव आज समापन हुँदै

century-mk

तुलसीपुर, ८ फागुन । तुलसीपुरमा माघ २४ गतेबाट सुरु भएको  तुलसीपुर महोत्सव आज समापन हुँदैछ ।

महोत्सव मूल आयोजक समितिका संयोजक तथा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेका अनुसार महोत्सवको अबधि नथप्ने संघको निर्णय र पूर्व निर्धारित कार्यक्रम अनुसार नै आज बेलुका ५ बजे बिधिवत समापन गर्न लागिएको हो ।

आज महोत्सवमा अपरान्ह ४ बजेसम्म मात्रै प्रबेश शुल्क लाग्ने त्यसपछि महोत्सवमा समापनका कार्यक्रम राखिएकोले टिकट नलाग्ने साँस्कृतिक समितिका संयोजक रुप बहादुर खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार आज मंगलबार मुख्य कलाकारको रुपमा चर्चित गायक नरेश खाती,रीता केसी ,अनु अधिकारी लगाएतले आफ्नो प्रस्तुति दिनुहुनेछ।