आइतबार बिहान तुलसीपुरबाट वेपत्ता भएकी बालिका फेला

century-mk

तुलसीपुर । दाङ तुलसीपुरको बाहिनी चोकबाट वेपत्ता भएकी बालिका फेला परेकी छिन् ।

आइतबार बिहान ९ बजेबाट हराइ रहेकी भनिएकी तुलसीपुर उपमहानगरपालिका– ५ निवासी १३ बर्षीया बालिका बिपना वली तुलसीपुरको सुकौरामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी नवचन्द्र मल्लले जानकारी दिनुभयो।

सूचना अधिकारी नवचन्द्र मल्लकाका अनुसार बालिका गएराती तुलसीपुर उपमहानगरपालिका-११ का एक स्थानीयको घरमा सुरक्षित साथ राखेको अवस्थामा फेला परेकि हुन। उनि तुलसी आवासीय माबि तुलसीपुर कक्षा ६ मा अध्ययरत भएको परिवारले जनाएको छ।