दीपेन्द्र मावि मानपुरको ७०औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न

century-mk

मानपुर,दाङ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले शिक्षकहरुले आफुले सामुदायिक बिद्यालयमा पढाउने तर छोराछोरी बोडिङमा पढाउनु राज्यप्रतिको बेइमानी भएको बताउनु भएको छ ।

तुलसीपुर नगरपालिका वडा नम्बर १७ मानपुर स्थित दीपेन्द्र माविको ७० औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले भन्नुभयो,’आफुले सामुदायिक बिद्यालयमा पढाउने तर छोराछोरी बोडिङमा पढाउनु अन्याय हुन्छ,राज्यप्रतिको बेइमानी हुन्छ।’ अब शिक्षालाई निजि र सामुदायिक बिद्यालयमा पढ्ने बिच समाजले गर्ने बिभेदलाई अन्य गर्न आवश्यक रहेको बताउदै नगर प्रमुख खड्काले भन्नुभयो उहाँले हुँदा खानेका छोराछोरी सरकारी सामुदायिक र हुनेखानेका छोराछोरी निजि स्कुलमा पढ्छन् भन्ने समाजमा ब्याप्त गलत धारणालाई हटाउने गरि आफुहरुले निति तर्जुमा गर्न लागेको बताउनु भयो।

कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका नगर शिक्षा महाशाखा प्रमुख चक्रराज भण्डारीले विद्यालय व्यवस्थापन समिति,शिक्षक,अभिभावक र विद्यार्थीहरुको अथक मेहनतका साथै असल भावनाले काम गरेमात्र शिक्षालाई गुणस्तरीय गराउन सकिने बताउनु भयो ।

दीपेन्द्र मावि मानपुरको ७०औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न

वि.स. २०१० सालमा स्थापना भएको तुलसीपुर नगरपालिका वडा नम्बर १७ मानपुर स्थित दीपेन्द्र माविको ७० औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

दीपेन्द्र माविमा आज तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने विभिन्न ब्यक्तित्वलाई सम्मान,शिक्षकलाई सम्मान,उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गर्दै वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

वार्षिक उत्सवका अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत संचालन गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए। कार्यक्रममा विद्यालयको बार्शिक शैक्षिक प्रतिबेदन विद्यालयका प्रधानाध्यापक रुपेश गुप्ताले प्रस्तुत गर्नुभएको थियो ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का को प्रमुख आतिथ्यता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टेवा प्रसाद चौधरीको अध्यक्षता,वडा नम्बर १७ का वडा अध्यक्ष थलराज पुरी,नगर शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीको बिशिस्ट आतिथ्यतामा भएको उक्त कार्यक्रममा विभिन्न ब्यक्तित्वले विद्यालयको शैक्षिक प्रगतिबारे आफ्नो भनाइ राख्दै विद्यालयको थप प्रगतिको कामना गर्नुभएको थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष झग्गु अधिकारी (मदन) समेत उपस्थित कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक यज्ञ बहादुर केसीले गर्नुभएको थियो ।