Logo
९ बैशाख २०८१, आईतवार

दाङ घोराहीमा श्रीमान्‌को गोली प्रहारबाट ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु

century-mk

दाङ। दाङमा श्रीमान्‌को गोली प्रहारबाट ड्युटीमा खटिएकी महिला प्रहरीको मृत्यु भएको छ।घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया थापा माथी बिहिवार राति गोलि प्रहार भएको थियो।

गम्भिर घाइते धनमायाको घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारकोक्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ। घरायसि समस्या रहेका कारण श्रीमतीमाथी श्रीमानले गोलि चलाएको प्रहरीको भनाई छ । तीन राउन्ड पेस्तोलको गोली चलेको थियो ।

गोलि चलाउने थापाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिइ सकेको जनाएको छ ।