कपिलवस्तु।कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार १ बजे मध्यरातमा भएको बस दुर्घटनामा १० जानाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेको उक्त बस सुरही खोलामा खस्दा १० जनाको मृत्यु भएको हो।
प्रहरीकाअनुसार ३२ जना घाइतेमध्ये ८ जनाको अवस्था गम्भिर छ । सुदुर पश्चिमको सुनौलो महाकाली यातायातले संचालन गरेको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो।
चन्द्रौटा देखि उत्तर १६ किलो मिटर मोडमा दुर्घटना भएको कपिलबस्तुका प्रहरी उपरिक्षक नवरत्न पौडेलल बताएका छन् घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर भएको बताएको छ । घाईतेको उद्धा मा नेपाल र सशस्त्र प्रहरीको टोली राति नै घटना स्थल पुगेको थिए घाईतेहरुलाई उद्धार गरी चन्द्रौटास्थित संजीवनी अस्पताल र आधारभुत स्वास्थ्य केन्द्रमा उपचार केन्द्रमा लगिएको छ ।
बसमा ३ जना गाडी स्टाफ र ३७ जना यात्रु गरी ४० जना सवार रहेकोमा ३३ जनाको उद्धार गरिएको छ। त्यसमध्ये ९ जनालाई थप बुटवल स्थित चौराहा अस्पतालमा उपचारकालागि पठाइएको प्रहरीको भनाइ छ । मृतक र घाईतेको अझै नाम नखुलेको बताएको छ ।
मृत्युभएका र घाइतेको हालसम्म पहिचान नभएको प्रहरीले जनाएको छ।