Logo
११ बैशाख २०८१, मंगलवार

तुलसीपुर महोत्सवमा आज चर्चित गायिका ज्योति मगर संगै खुमन अधिकारी आउँदै

century-mk

दाङ । दाङको तुलसीपुमा जारी ‘तुलसीपुर महोत्सव २०८० ’ मा आज बुधबार चर्चित लोकदोहोरी गायिका ज्योति मगर आउनुहुने भएको छ ।

आज ज्योति मगरसँगै लोकप्रिय गायक खुमन अधिकारी,देबेन्द्र बस्नेत,गायक नविन वली,डान्सर निशु शेर्पालि,लगायत स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने छ । नेपाली सांगीतिक क्षेत्रमा युवामाझ आफ्नो छुट्टै छाप छोड्न सफल चर्चित गायिका ज्योतिलाई धेरैले रुचाउने गरेका छन् ।

महोत्सव आयोजक संस्था तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेका अनुसार,‘स्थानीय वस्तु प्रबर्द्धन,समृद्व नेपाल निर्माण हाम्रो अभियान ’ भन्ने मुलनाराका साथ तुलसीपुरमा जारी महोत्सवमा दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन प्रत्यक्ष दोहोरी प्रतियोगितासंगै अन्य सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड  प्रस्तुती रहने गरेको छ।

दर्शकहरुको मायाले गर्दा आफुहरु उत्साहित भएको महोत्सव आयोजक संस्था तुलसीपुर उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष एवं अतिथि सत्कार समितिका संयोजक मिनराज भण्डारीले बताउनु भयो।
मंगलबार चर्चित गाएक बद्री पंगेनि,गायिका रचना रिमाल लगायत अन्य कलाकारले आफ्नो सुमधुर आवाजमा आर्कषक प्रस्तुति दिएर दर्शकलाई भरपुर मनोरञ्जन दिनुभएको साँस्कृतिक समितिका संयोजक रुप बहादुर खत्रीले बताउनुभयो ।

यस्तै,कार्यक्रमको उद्घोषकको रुपमा सन्तोष केसीले गर्नु भएको थियो। यही माघ २४ गतेदेखि शुरु भएको ‘तुलसीपुर महोत्सव -२०८०’ फागुन ८ गते सम्म सन्चालन हुने प्रचार-प्रसार तथा मिडिया समितिका संयोजक शरद रेग्मीले जानकारी दिनुभयो।
आवरन तस-रुटिन अफ घोराही/फेसबुक