Logo
१८ मंसिर २०८१, मंगलवार

नेपाल औषधि व्यवसायी संघ दाङको अध्यक्षमा बिष्णु प्रसाद पौडेल चयन

century-mk
दाङ । नेपाल औषधि व्यवसायी संघ दाङ जिल्ला शाखाको दोस्रो अधिवेशनले बिष्णु प्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिवार दाङको घोराहीमा सम्पन्न दाङ शाखाको दोस्रो जिल्ला अधिवेशनले पौडेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले संघको वरिष्ठ उपाध्यक्षमा मधुसूदन पाण्डे , उपाध्यक्षमा अजय के.सी र श्याम कुमार गिरि , महासचिवमा सुनिल रेग्मी चयन गरेको हो।
यस्तै दोस्रो जिल्ला अधिवेशनले कोषाध्यक्षमा राजीमान बुढा, सचिवमा गिरिराज न्यौपाने, उपकोषाध्यक्षमा कृष्ण श्रेष्ठ र सदस्यहरूमा दिपकराज वली ,भागिराम खड्का ,कृष्ण खड्का, बसन्त योगी र महेन्द्र रावतलाई चयन गरेको नवनिर्वाचित कार्यसमिति सदस्य दीपकराज वलीले जानकारी दिनुभयो।