चितवन । नेपाल विद्युतीय व्यवसायी महासङ्घको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
महासङ्घका केन्द्रीय अध्यक्ष रेशम प्रसाद देवकोटाको अध्यक्षतामा माघ २७ गते (हिजो)शनिबार ग्यालेक्सी गार्डेन रिसोर्ट चितवन भरतपुरमा सम्पन्न भएको हो ।
नेपाल विद्युतीय व्यवसायी महासंघ, देशको औद्योगिक एवं वाणिज्य क्षेत्रको सर्वाङ्गीण विकास तथा विद्युत क्षेत्रीय प्रत्यक्ष संलग्न भइ यस क्षेत्रसँग प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न पेशागत व्यवसायीहरूको समग्र विकास प्रति समर्पित रहेको संस्था हो ।
हालसम्म २२ जिल्ला र नगर सङ्घहरू एवं ७५ एसोसिएट सदस्यहरू रहेको विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासङ्घले आफ्नो सदस्यको हकहितका लागि आवाज उठाउँदै अविभावकको भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।
महासङ्घको महासचिव एवं सदस्य सचिव चौधौं वार्षिक साधारण सभा, मूल आयोजक समितिका गोपाल अग्रवालका अनुसार वार्षिक साधारण सभामा भाग लिने सबै प्रतिनिधिहरू (पदेन प्रतिनिधिहरू समेत)को लागि प्रतिनिधि शुल्क प्रति व्यक्ति बापत एक हजार रुपैयाँ तोकिएको थियो ।
साधारण सभामा बिगतका कामको समिक्षा र आगामी दिनका कार्यको ठोस योजना बनाइ कार्यान्वयन गर्न र नयाँ सदस्य वितरण गर्न कार्यसमितिलाई उर्जा प्राप्त भएको नेतृत्वले जानकारी दिएको छ।
साधारणसभामा दाङबाट प्रतिनिधि को को ?
चितवनमा सम्पन्न नेपाल विद्युतीय व्यवसायी महासङ्घको चौधौं वार्षिक साधारण सभामा दाङ विद्युतीय ब्यवसायी संघले महासचिव सन्तोष कुमार खड्काको नेतृत्वमा चारजना प्रतिनिधि पठाएको छ ।
साधारण सभामा यसपटक आफ्नो संस्थाबाट महासचिव सन्तोष कुमार खड्का,निबर्तमान महासचिव जिवन कुमार लम्साल,बरिस्ठ सल्लाहकार ऋषिराज गौतम,सल्लाहकार बिष्णु बहादुर ढकालले प्रतिनिधित्व गरेको दाङ विद्युतीय ब्यवसायी संघका अध्यक्ष डुल्लुराम पोख्रेलले जानकारी दिनुभयो ।
यस्तै संघका महासचिव सन्तोष खड्काले दाङले चितवनमा सम्पन्न साधारणसभामा आफ्नो संघ नेतृत्व समक्ष पछिल्लो समय संघमा आवद्ध ब्यवसायिका समस्याबारे ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।