शनिबार अपार दर्शक पाएको तुलसीपुर महोत्सवमा आज चर्चित गायक खेम सेन्चुरी आउँदै

century-mk

दाङ । दाङको तुलसीपुमा जारी ‘तुलसीपुर महोत्सव-२०८०’ मा आज आइतबार चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी आउनुहुने भएको छ ।

आज गायक सेन्चुरीसँगै लोकप्रिय गायिका भुमिका गिरी,लालुमाया कंवर,गायक दिपक वली,डान्सर आरुसि मगर लगायत स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने छ । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै छाप छोड्न सफल  गायक कुशल अभिनयले उहाँलाई दर्शकले धेरै रुचाउने गरेका छन् ।

महोत्सव आयोजक संस्था तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेका अनुसार,‘स्थानीय वस्तु प्रबर्द्धन,समृद्व नेपाल निर्माण हाम्रो अभियान ’ भन्ने मुलनाराका साथ तुलसीपुरमा जारी महोत्सवमा दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन प्रत्यक्ष दोहोरी प्रतियोगितासंगै अन्य सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड  प्रस्तुती रहने गरेको छ।

शनिबार पाएको दर्शकहरुको अपार मायाले गर्दा आफुहरु उत्साहित भएको महोत्सव आयोजक संस्था तुलसीपुर उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष एवं अतिथि सत्कार समितिका संयोजक मिनराज भण्डारीले बताउनु भयो।


शनिबार महोत्सवको चौथो दिन चर्चित गाएक कृष्ण रेउले ,अर्जुन सापकोटा,गायिका सिर्जना खत्री (हाउडेमाया) ले आफ्नो सुमधुर आवाजमा आर्कषक प्रस्तुति दिएर दर्शकलाई भरपुर मनोरञ्जन दिनुभएको साँस्कृतिक समितिका संयोजक रुप बहादुर खत्रीले बताउनुभयो ।

यस्तै,कार्यक्रमको उद्घोषकको रुपमा दिपु मगरले गर्नु भएको थियो। यही माघ २४ गतेदेखि शुरु भएको ‘तुलसीपुर महोत्सव -२०८०’ फागुन ८ गते सम्म सन्चालन हुने प्रचार-प्रसार तथा मिडिया समितिका संयोजक शरद रेग्मीले जानकारी दिनुभयो।