Logo
१७ मंसिर २०८१, सोमबार

तुलसीपुर महोत्सवमा आज चर्चित लोकदोहोरी गायक कृष्ण रेउले आउँदै

century-mk

तुलसीपुर। दाङको तुलसीपुरमा जारी ‘तुलसीपुर महोत्सव २०८० ’ मा आज शनिबार चर्चित लोकदोहोरी गायक कृष्ण रेउले आउने हुनुभएको छ ।

आज शनिबार गाएक रेउलेसँगै लोकप्रिय गायक अर्जुन सापकोटा, सिर्जना खत्री (हाउडे माया),गायिका सदिच्छा पोख्रेल,डान्सर सरिस्मा वली लगायत स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने छ । नेपाली सांगीतिक क्षेत्रमा सल्यानि टप्पा संगै आकर्षक नित्यका कारण चर्चित गाएक रेउलेलाई दर्शकले धेरै रुचाउने गरेका छन् ।

महोत्सव आयोजक संस्था तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेका अनुसार,‘स्थानीय वस्तु प्रबर्द्धन,समृद्व नेपाल निर्माण हाम्रो अभियान ’ भन्ने मुलनाराका साथ तुलसीपुरमा जारी महोत्सवमा दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन प्रत्यक्ष दोहोरी प्रतियोगितासंगै अन्य सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड  प्रस्तुती रहने गरेको छ।

शुक्रबार महोत्सवको तेस्रो दिन चर्चित गाएक पुस्कल शर्मा ,टेकराज भण्डारी, गायिका सम्झना रणपाल र गायक बिष्णु सिङ्जालि ले आफ्नो सुमधुर आवाजमा आर्कषक प्रस्तुति दिएर दर्शकलाई भरपुर मनोरञ्जन दिनुभएको साँस्कृतिक समितिका संयोजक रुप बहादुर खत्रीले बताउनुभयो ।

यस्तै,कार्यक्रमको उद्घोषकको रुपमा दिपु मगरले गरिरहनुभएको छ। यही माघ २४ गतेदेखि शुरु भएको ‘तुलसीपुर महोत्सव -२०८०’ फागुन ८ गते सम्म सन्चालन हुने प्रचार-प्रसार तथा मिडिया समितिका संयोजक शरद रेग्मीले जानकारी दिनुभयो।