दाङ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजना भैरहेको तुलसीपुर महोत्सव २०८० को आज उद्घाटन गरिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगरका उपाध्यक्ष सुरकृष्ण वैद्यले पछिल्लो समय देशमा आर्थिक मन्दी भएसंगै उद्योगी व्यवसायी धारासायी अवस्थामा पुगेको बताउनुभयो।बुधबार तुलसीपुर महोत्सवको उदाटन सत्रमा बोल्दै उहाँले व्यक्तिगत निती भन्दा पनि स्वस्थकर निती आउनु पर्ने व्यवसायीको माग भएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वैद्यले नेपाल सरकारले व्यापारीहरुको आन्दोलनलाई संसोधन गरेर नयाँ निती नियम ल्याएता पनि बैंकहरुले व्याजदर भने नघटाएको बताउनु भयो। ‘बैंकहरुले केही व्याजदर घटाए पनि व्यवसायीले लिएको ऋणको व्याजदर भने नघटाएको उहाँले दाबी गर्नुभयो।
वैद्यले उद्योग वाणिज्य महासंघ व्यवसायीहरुको माग अनुरुपको व्यवसाय संचालन र आर्थिक चलायामान होस् भन्ने कुरामा लागि राखेको तर यति हुँदा हुँदै पनि अस्तिका दिनहरुमा अध्ययनका लागि मात्रै युवापुस्ताहरु विदेशीने भएपनि पछिल्लो समय व्यवसायी नै पलायन हुनुपर्ने अवस्थाको सिजृना भएकोमा दुख व्यक्त गर्नुभयो।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद रेखा शर्मा, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद सुवेदी, जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख रामबन्धु सुवेदी, दाङ जिल्ला उद्योग वाणिज्य संघका निर्वमान अध्यक्ष टंक बुढाथोकी, तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का, दङ्गिशरण गाउपालिकाकाक अध्यक्ष शम्भु गिरि,निर्वतमान अध्यक्ष घनश्याम पाण्डे, तुलसीपुर चेम्बर अफ कर्मशका अध्यक्ष टोप बहादुर घर्ती लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
झाकि,जुलुस,कला सस्कृति झल्कने नृत्यहरु प्रस्तुति सहित उद्घाटन भएको कार्यक्रमको सहजिकरण प्रेस सल्लाहकार शरद रेग्मी र सह-कोषाध्यक्ष बिमल गौतमले गर्नुभएको थियो ।
भोलि रामजी खाँड आउने
यसैबीच भोलि महोत्सव मा चर्चित गाएक रामजी खाँड आउने आयोजक संस्था तुलसीपुर उद्योग वाणिज्य संघले जनाएको छ।