Logo
८ मंसिर २०८१, शनिबार

टेक्टर व्यवसायीले उपमहानगरपालिकाको गेटमा लगाए ताला

century-mk

दाङ । टेक्टर व्यवसायीले तुलसीपुर उपमहानगरपालिकाको गेटमा तालाबन्दी गरेका छन् । व्यवसायीले नदिजन्य पदार्थमा उत्खननमा उपमहानगरपालिकाका जनप्रतिनिधिले अनावश्यक दुख दिएको भन्दै उपमहानगरपालिकाको गेटमा तालाबन्दी गरेका हुन् ।

जनप्रतिनिधिले खुलेआम टेक्टर व्यवसायीसंग कमिसन माग्ने गरेको उनीहरुको गुनासो छ । नीतिगत रुपमै रसिद काटेर व्यवसाय गर्दा पनि उपमहानगरपालिकाले अनाहकमा दुख दिएपछि गेटमै तालाबन्दी गर्नुपरेको उनीहरुले बताएका छन् ।

गेटमा तालाबन्दी भएपछि अहिले कर्मचारी भित्रै थुनिएका छन् । उनीहरुले अहिले पनि कार्यालय अघि बिरोध प्रदर्शन गरेका थिए । तुलसीपुर उपमहानगरपालिकाका बन वातावरण विपद् व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारी आवश्यक छानबिन गर्न सकिने बताउनुभयो ।