Logo
१८ मंसिर २०८१, मंगलवार

राष्ट्रिय संगीतकर्मी संघ शान्तिनगर गाउँपालिकाको अध्यक्षमा हरि केसी चयन

century-mk

दाङ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा दाङ अन्तर्गत शान्तिनगर गाउँ पालिका दाङ्गको प्रथम अधिबेशन सम्पन्न भएको छ ।

आज शनिबार पातेटाकुरामा सम्पन्न प्रथम अधिबेशन बाट हरि केसीकाे अध्यक्षतामा एक उपाध्यक्ष र तीन सदस्यपछि मनाेनित गर्ने गरी १५ सदस्यीय राष्ट्रिय संगीतकर्मी संघ शान्तिनगर गाउँपालिका समिती गठन गरेको हो।

जसकाे प्रथम उपाध्यक्षमा पबित्रा केसी, दाेस्राे उपाध्यक्षमा विष्णु केसी , सचिवमा केशव सुनार, सह-सचिवमा सुष्मा बिक, काेषाध्यक्षमा प्रमिला कुमारी वली बस्नेत, सह-काेषाध्यक्षमा सन्तोषी चौधरी, प्रबक्तामा सरिता रावत, सदस्यहरूमा लक्ष्मी केसी, रेणुका घर्ती र  उषा बिक सर्वसम्मत चयन हुनुभएको राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिती दाङका अध्यक्ष दीपक वलीले जानकारी दिनुभयो।