सन्चार मन्त्री रेखा शर्माद्वारा सल्यान दार्मामा पुनर्निर्माण स्वयंसेवक परिचालन अभियान उद्घाटन

century-mk

सल्यान । सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा ले सल्यान दार्मामा भूकम्पपछिको पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन अभियाम उद्घाटन गर्नुभएको छ ।

सो क्रममा मन्त्री शर्माले भूकम्पबाट क्षतिग्रस्त घरको भग्नावशेष हटाउन ढुङ्गा हटाएर स्वयंसेवक परिचालन अभियान उद्घाटन गर्नुभएको थियो ।

मन्त्री शर्मासङ्गै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मा, माओवादी केन्द्रका प्रदेश अध्यक्ष बिमला केसी, केन्द्रीय सदस्य एवं सल्यान इन्चार्ज नरेश भण्डारी, गाउँपालिका अध्यक्ष निमबहादुर केसीलगायतले श्रम गर्नुभएको थियो ।

भूकम्पबाट सल्यान दार्मा गाउँपालिकामा ठूलो भौतिक क्षति गरेको छ। ११७९ वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने १०८१ घरमा आंशिक क्षति भएको छ। पालिकाभित्रका २१ वटा सामुदायिक विद्यालय,५ वटा स्वास्थ्य संस्था र ३ वटा वडा कार्यालयमा क्षति पुगेको छ। ११७९ घरधुरीका ६३१८ जनसंख्या बिस्थापित भएको गाउँपालिका अध्यक्ष केसीले जानकारी दिनुभयो ।