Logo
१६ फाल्गुन २०८०, बुधबार

दाङको लमहीमा हाइस गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

century-mk

दाङ । दाङको लमहीमा हाइस गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

शुक्रबार बेलुका पश्चिमबाट पूर्व जाँदै गरेको रा १ ख २१७३ नंको हाइसले लमही नगरपालिका-७ पदमिनीखोलामा साइकल यात्रीलाई ठक्कर दिएको थियो ।

हाइसको ठक्करबाट गम्भीर घाइते भएका लमही नगरपालिका–७ नयाँबस्ती निवासी ५२ वर्षीय भगत चौधरीको उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते चौधरीलाई लमही अस्पतालमा सामान्य उपचारपश्चात् नेपालगञ्ज पठाइएको थियो । टाउकोमा गम्भीर चोट लागेका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।