Logo
१५ फाल्गुन २०८०, मंगलवार

नयाँ नेतृत्व आएको चार महिनापछि बिजौरी उवासघंको कार्यसमितिले पायो पुर्णता

century-mk

बिजौरी ।बिजौरी उद्योग बाणिज्य सघंको कार्यसमितिले पुर्णता पाएको छ ।संघको विधान अनुसार गत कात्तिक २५ गते कार्यसमितिको बैठक बसी २ जना सदस्य र ३ जना सल्लाहकारहरु मनोनित गरिएको थियो ।

नयाँ नेतृत्व आएको ४ महिनापछि कार्यसमितिले पुर्णता पाएको सघंका महासचिव दीपक कुमार बस्नेतले जानकारी दिनुभयो।यसैबिच मनोनित गरिएका सदस्य तथा सल्लाहकारहरुलाई शनिवार कार्यालयमा एक कार्यक्रमको आयोजना गरि बधाई तथा स्वागत-सम्मान गरिएको छ ।सघंका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मनोनित सदस्यहरु ओमराज सुवेदी,सुनिल डाँगी र सल्लाहकारहरु अम्मर बहादुर खड्का,बिष्णु चौधरी,दुर्गा बस्नेतलाई बधाई तथा स्वागत-सम्मान गरिएको महासचिव बस्नेतले जानकारी दिनुभयो ।

त्यस अवसरमा बोल्दै उनीहरुले सघं गर्ने हरेक क्रियाकलापमा कुशलता पुर्बक जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।त्यस कार्यक्रममा भर्खरै सरुवा भएर हेमन्तपुर प्रहरी चौकीमा आएका इन्चार्ज मेघराज डाँगीलाई स्वागत तथा सम्मान गरिएको छ ।बिजौरी उद्योग वाणिज्य सघंका बाणिज्य उपाध्यक्ष डिल्ली बहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव दीपक कुमार बस्नेतले गर्नुभएको थियो ।