Logo
१६ फाल्गुन २०८०, बुधबार

माओवादी केन्द्रद्वारा राप्ती प्रादेशिक अस्पताल परिसर सरसफाई

century-mk

तुलसीपुर । नेकपा (माओवादी केन्द्र) तुलसीपुर उपमहानगरपालिका ५ नम्बर वडा कमिटीको आयोजनामा राप्ती प्रादेशिक अस्पताल परिसर  सरसफाई गरिएको छ।

शनिबार (आज) बिहान भएको अस्पताल परिसर सरसफाईमा सहभागी हुनुभएका माओवादी केन्द्र केन्द्रीय निर्वाचन आयोगका संयोजक कुबेर वलीले श्रमप्रतिको आस्था, प्रेम र सद्भाव सबैले उच्च राख्नुपर्ने भन्दै वलीले अस्पताल सरसफाइ अभियान पनि यहिको निरन्तरता भएको बताउनुभयो ।

यस्तै राप्ती प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष दीपक शाहले समाज  परिबर्तनको लागि श्रम महत्त्वपूर्ण भएको भन्दै समयको सहि सदुपयोग गर्दै सकेजति श्रमदान गरेर जनताको मन जित्न मात्र नभएर समाजको लागि समेत सकारात्मक सहयोग पुग्ने काम सबैले गर्नुपर्ने धारणा राख्नुभयो।

आज भएको उक्त सरसफाइ कार्यक्रममा माओवादी केन्द्रका  नेता तथा राष्ट्रिय उधोग ब्यापार महासंघका नेताहरू मिनराज भण्डारी,घनश्याम डाँगी,बेद प्रसाद वली,अल बहादुर बाँठा,किशोर कुमार वली,मदन हमाल,भिम बहादुर केसी,बल बहादुर वली तथा विभिन्न जनवर्गिय संगठनका नेता कार्यकर्ताको सहभागीता रहेको थियो।

यस्तै आज सम्पन्न उक्त सरसफाइ कार्यक्रममा राप्ती प्रादेशिक अस्पतालका मेसु डा.पदम राज अधिकारी,स्वास्थकर्मिहरु रेश्मिराज अधिकारी, संगीता आचार्य,सन्तोष न्यौपाने,जिवन खड्का लगायत सरसफाइ अभियान्ता निम बहादुर बुढाथोकीको टिमको समेत सहभागीता रहेकाे थियो ।

पार्टीले चलाएको तिन महिने रुपान्तरण अभियान अन्तरगत आज अस्पताल सरसफाइ गरेर कार्यक्रमलाई रचनात्मक रुपमा सम्पन्न गरिएको माओवादी केन्द्रका नेता प्रेमराज वली(प्रभात)ले जानकारी दिनुभयो  ।