Logo
२ श्रावण २०८१, बुधबार

तुलसीपुर दमार गाउँमा अन्य पार्टी परित्याग गरेर ६१ जना युवा माओवादी केन्द्रमा समाहित

century-mk

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-३ दमारगाउँ का हेमराज बि क र सुन्दर बि क को नेतृत्वमा ६१ जना युवाहरु नेकपा माओवादी केन्द्रमा समाहित हुनु भएको छ।

माओवादी केन्द्रका युवा नेता बिरेन्द्र बिकले दिनुभएको जानकारी अनुसार आईतबार भएको जनतासंग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत भएको कार्यक्रममा सोही बराबरका युवा प्रवेश गरेका हुन् । नब प्रवेशीहरूलाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले स्वागत गर्नुभएको थियो।

त्यस अवसरमा मन्त्री मास्कीले आफू जनताकै मतले विजय भएकाले जनताकै हितमा काम गर्ने बताउनु भएको थियो। नेकपा एमाले, नेपाली काँग्रेस लगायतबाट माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। हेमराज विकसहितको टोलिलाई मन्त्री धनबहादुर मास्के,माओवादी केन्द्रका युवा नेता बिरेन्द्र बिक,पार्टीका वडा अध्यक्ष प्रेम प्रकाश मल्ल लगायतले माओवादी केन्द्रमा स्वाग्त गर्नुभएको थियो ।