Logo
२८ भाद्र २०८१, शुक्रबार

लुम्बिनी सरकारद्वारा भूकम्प प्रभावितलाई डेढ करोड रुपैयाँ सहयोग गर्ने घोषणा

century-mk

तुलसीपुर । गएराति गएको भूकम्प प्रभावित क्षेत्रका लागि लुम्बिनी प्रदेश सरकारले डेढ करोड रुपैयाँ सहयोग गर्ने निर्णय  गरेको छ।
शनिबार दाङ तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिनुभयो।साथै प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउने निर्णयसमेत गरेको जनाएको छ।

यस्तै,लुम्बिनी प्रदेश सरकारका अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री सहितको एक टोली जाजरकोट गैसकेको छ।

गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या शनिबार दिउँसो १ बजेको अपडेट अनुसार १ सय ३७ पुगेको छ ।