Logo
१९ मंसिर २०८१, बुधबार

शान्तिनगरमा विवाह गर्ने जोडिलाई वडाको सिफारिस अनिवार्य बनाउन आवश्यक छ : वडा अध्यक्ष वली

century-mk

दाङ । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष सुनिल वलीले आगामी दिनमा विवाह गर्ने जोडिलाई वडाको सिपारिस अनिवार्य गराउन आवश्यक भएको बताउनु भएको छ।

समाजमा बाताबरणिय शिक्षाको बिकास SEED र IM नेपालको संयुक्त साझेदारीमा संचालित बाल विवाह तथा लैङ्गिक हिंसा अन्त्य अभियानको अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष वलीले उक्त धारणा राख्नु भएको हो। “विवाहको लागि उमेर पुगेपछि मात्र सिपारिस दिने र नपुगेका लाई उचित परामर्श दिएर पठाउने बाताबरण बनाउनको लागि म लगाएत केहि कार्यपालिका सदस्यले आगामी कार्यपालिका बैठकमा जोडदार माग राख्छौं । ” वडा अध्यक्ष वलीले भन्नुभयो।

परियोजना अन्तर्गत बाल विवाह लैङ्गकि हिंसा अन्त्य का लागि वडा स्तरिय महिला तथा बालबालिका सुरक्षा संयन्त्र समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम यहि मंगलबार शान्तिनगर गाउपालिका वडा नं. २ का वडा अध्यक्ष श्री सुनिल वलीको अध्यक्षतामा कार्यक्रम भएको हो।

कार्यपालिका सदस्य मिना न्यौपाने,वडा सदस्य देबा बिक,वडा सदस्य मनसरि खड्का लगायत अन्य समूह सस्था का प्रतिनिधि हरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा INF nepal दाङ शाखाको सामुदायिक परिचालक यमुना वलीले बाल विवाह न्युनिकरण गर्नका लागि नेपाल सरकार ,स्थानिय सरकार ,विभिन्न संघ सस्थाले आ-आफ्नो तर्फबाट पहल गरिरहेकि बताउनु भयो ।

उक्त कार्यक्रमको सहजिकरण NIF nepal दाङका उमेश खरेलले गर्नु भएको थियो। (गणेश न्यौपानेको सहयोगमा)