Logo
७ मंसिर २०८१, शुक्रबार

इजरायलमा रहेका थप १९ जना नेपालीको उद्धार

century-mk

काठमाडौं ।सरकारले इजरायलमा रहेका थप १९ जना नेपालीको उद्धार गरेको छ । १० दिनअघि प्यालेस्टाइनको हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेपछि नेपाल फर्किन चाहेका थप १९ जनालाई सरकारले भारतको नयाँ दिल्ली हुँदै नेपाल ल्याउन थालेको छ ।

आज मङ्गलवार उनीहरू स्पाइस जेटको विमानमार्फत भारतको नयाँ दिल्ली आउने र त्यहाँबाट नेपाली दूतावासको पहलमा सडक यात्रा हुँदै कैलालीको गौरीफण्टा नाका आइपुग्ने परराष्ट्रमन्त्री एनपी साउदले बताउनुभयो । भारतले आफ्ना नागरिकको उद्धार गर्न विमान पठाएको थियो, नेपालले कुटनीतिक पहल गरेर भारतीय नागरिकसँग १९ जना नेपालीको पनि उद्धार गरेको हो ।

नेपालीहरू भोलि बुधवार बेलुकासम्म कैलाली आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।