माओवादी केन्द्र तुलसीपुर ५ को वडा कार्यालय स्थापना

century-mk

तुलसीपुर। नेकपा माओवादी केन्द्र तुलसीपुर ५ को पार्टी कार्यालय स्थापना गरिएको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरेर पार्टी कार्यालय स्थापना गरिएको हो । अब वडा पार्टीका हरेक काम पार्टी कार्यालयबाटै सम्पादन हुनेछन् ।

 वडाध्यक्ष बेदप्रसाद वलीको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष कुवेर वलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि वलीले मुलुकबाट भ्रष्टाचार मुक्त नगर्दासम्म समृद्धिको मार्गमा अघि बढ्न नसक्ने बताएका छन् ।

कार्यक्रममा बिशिष्ट अतिथि पार्टीका नगर इञ्चार्ज प्रेमराज वली, वडा इञ्चार्ज मिनराज भण्डारी, नेता पुर्ण रावत,अजय दुलाल, डिल्ली वली, किशोर कुमार वली,लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
वडा नं.५ को प्रगतिशिल टोलमा पार्टीको वडा कार्यालय स्थापना गरिएको हो ।माओवादीको बिशेष रुपान्तरण अभियान अन्तर्गत वडा कार्यालय स्थापना गरिएको हो ।