Logo
२ श्रावण २०८१, बुधबार

सल्यानमा घाँस काट्ने क्रममा चिप्लिएर एक जनाको मृत्युु

century-mk

सल्यान । सल्यानमा भैंसीलाई घाँस काट्न गएका एकजना पुरुषको भीरबाट खसेर मृत्युु भएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर-१ बालुवासंग्रही नजिकै अम्राका अन्दाजी ४५ वर्षीय दिपक कामीको मंगलबार बिहान घाँस काट्ने क्रममा भीरबाट खसेर मृत्युु भएको हो ।

बिहान ६:३० बजे घरदेखि नजिकै घाँस काट्ने क्रममा भीरबाट चिप्लिएर भेरी करिडोर सडकमा खसी कामीको घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन् ।

अहिले घटनास्थलमा प्रहरी चौकी बालुवासंग्रही र इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी टोली पुगेको छ ।सांकेतिक तस्वीर