रामकोट सहकारी धादिंगको १४ औ बार्षिक साधारण सभा सम्पन्न ।

century-mk

धादिङ 

निलकण्ठ नगरपालिका-८, स्थित रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षता एबम धादिङ  जिल्ला  बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज शर्मा ज्युको प्रमुख आतिथ्य  तथा  निलकण्ठ नगरपालिका-८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ र   सहकारीका  संस्थापक अध्यक्ष एबम सल्लाहकार  हाल नेपाल  टिप्पर तथा ट्रक व्यवसायी समिति कलंकीका उपाध्यक्ष्य हेमराज श्रेष्ठको विशिष्ट आतिथ्यतामा साधारण सभा सम्पन्न भएको  थियो ।

त्यस्तै  कार्यक्रममा नेफ्स्कुन सदस्य सेवा कार्यालय धादिंगका फिल्ड इन्चार्ज शम्भु घिमिरे, निलकण्ठ नगरपालिका विद्यालय श्रोतब्यक्ती मेघनाथ कोइराला लगायत विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता थियो ।

कार्यक्रममा उपस्थित शेयर  सदस्यहरु बाट लक्की ड्र मार्फत पहिलो चरणमा तेस्रो स्थानका लागि  ३ जनालाइ कलश, दोस्रो चरणमा दोश्रो स्थानका लागि  २ जनालाई प्रेसर कुकुर र तेस्रो चरणमा प्रथम स्थानका लागि  १ जनालाई फिल्टर समेत प्रदान गरिएको संस्थाका संचार उपसमितिका सदस्य कल्पना श्रेष्ठले जानकारी दिनु भयो  ।

सभामा प्रमुख अतिथि शर्माले रामकोट बचत तथा ऋण सहकारी संस्था  सुशासनको हिसाबले निकै राम्रो रहेकाे बताउनु भयो  । संस्थाले प्रयाप्त रुपमा ऋण सुरक्षण कोषको व्यवस्था गरेको, बार्षिक बजेट तथा कार्यक्रम सदस्यमुखी भएको, सदस्यहरुको सम्मान तथा पुरस्कार प्रदान गर्न कार्यविधि निर्माण गरिएको, कर्मचारीहरुको कार्यसम्पादन मुल्याङ्कन गरी उत्कृष्ट कर्मचारी छनोट तथा पुरस्कार प्रदान गर्ने गरेको राम्रो पक्ष रहेको उहाको भनाई थियाे । त्यस्तै कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले संस्थाले हाल सम्म सदस्यहरुको मन जिती रहेको र आगामी दिनमा अझ सशक्त भएर समुदायको उत्कृष्ट सहकारी बन्न सुझाब सहितको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सहकारीले साधारण सभाको अवसरमा ५  जना उत्कृष्ट बचतकर्ता सदस्य राधिका श्रेष्ठ, नन्द लक्ष्मी श्रेष्ठ, सित ढकाल, अश्मिता भट्टराई नेपाल र इन्द्रकुमारी श्रेष्ठ,  ५  जना उत्कृष्ट   ऋणी सदस्य  दिपेन्द्र श्रेष्ठ, एकमान श्रेष्ठ, भोजकुमारी श्रेष्ठ, उत्तम श्रेष्ठ, र खदेवी भुजेल , एउटा  उत्कृष्ट बचत समूह कालिका परिवार समूह , एउटा  उत्कृष्ट ऋणी समुह बाघ भैरुंग परिवार समूह  तथा उत्कृष्ट कर्मचारीको रुपमा  संस्थाका व्यवस्थापक कुमार श्रेष्ठ लाई  सम्मान गरेकाे थियाे ।

करिब ७० प्रतिशत शेयर सदस्य को सहभागिता रहेको १४ औ बार्षिक साधारण सभामा,  संस्थाका उपाध्यक्ष राजकुमार श्रेष्ठले उपस्थित सम्पूर्णलाई  आफ्नो मन्तव्य मार्फत  स्वागत  गर्नु भएको थियो भने संस्थाका सचिब राज कुमार श्रेष्ठले संस्थाको गत आ.व.को  बार्षिक प्रगति प्रतिवेदन र आगामी आ. व.को कार्ययोजना प्रस्तुत गर्म्नु भएको थियो ।

त्यस्तै संस्थाका  कोषाध्यक्ष तेज कुमारी लम्सालले गत आ.व.को  आर्थिक प्रतिवेदन र आगामी आ. व.को कार्ययोजनाको लागि बजेट  प्रस्तुत गर्म्नु भएको थियो भने लेखा सुपरिवेक्षण समितिका संयोजक फत्त कुमारी श्रेष्ठले लेखा समितिको प्रतिवेदन पेश गर्नु भएको थियो ।

२०६६ सालमा स्थानीय स्तरमा केही युवाहरु मिलेर सुरु गरेको सहकारीमा हाल २ हजार ७ सय ६ जना सेयर सदस्यहरु रहेका छन् । सहकारीको शेयर पुँजी १ करोड ३९ लाख ६१ हजार चार सय, कुल बचत ९ करोड ६९ लाख १५ हजार १११ र कुल सम्पत्ति १२ करोड ३१ लाख ११ हजार ८५० रहेको छ।