Logo
७ मंसिर २०८१, शुक्रबार

सुप्या सहकारीको सदस्य भेटघाट कार्यक्रम सम्पन्न ।

century-mk

काठमाण्डौ

काठमाडौंको बुढानिलकण्ठमा अवस्थित सुप्या बचत तथा ऋण सहकारी संस्थाले  शनिबार बुढानिलकण्ठमा  आफ्ना शेयर सदस्यहरु माझ भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका  कोषाध्यक्ष भरत कुमार बिशंखको  अध्यक्ष्यता  एबम  संस्थाका  जेष्ठतम  नागरिक  माधव प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न  कार्यक्रममा संस्थाका  संचालक, शुभचिन्तक, स्थानीय बुद्धिजीवी, समाजसेवी र करिव ६० जना शेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।  संस्थाका बरिस्ठ सल्लाहकार एबम निबर्तमान अध्यक्ष्य राम श्रेष्ठले उपस्थित सम्पूर्णलाई  स्वागत मन्तव्य द्वारा स्वागत गर्दै संस्थाले   हाल सम्म गरेका उपलब्धि र आगामी दिनको कार्य योजनाको बारेमा  गहन छलफल गर्न बिषय प्रवेश गराउनु  भएको थियो ।

कार्यक्रममा इन्नोभेटिभ सोलुसन एण्ड रिसर्च सेन्टरका प्रशासन प्रमुख एबम सहजकर्ता बेद प्रसाद भट्टराईले सहकारी शिक्षा , नेपालमा सहकारीको बर्तमान अवस्था, समस्या र समाधानका उपाय  बारेमा प्रस्तुतीकरण राख्नु भएको थियो ।   कार्यक्रममा  बोल्दै  समाजसेवी डा. प्रणय  शम्सेर ज. ब. रा. ले सहकारी शिक्षामा जोड दिनु भयो भने पुर्व वडा अध्यक्ष्य बाल कृष्ण श्रेष्ठले  संस्थाले  सामाजिक कार्यमा समेत जोड दिई आफ्नो  कार्यक्षेत्र भित्रका ८ वटै वडाहरुमा  आफ्नो व्यवसाय बिस्तार गर्नु पर्नेमा जोड दिनु भयो ।

त्यस्तै कार्यक्रममा   सिटिजन लाइफ इन्स्युरेन्सका शाखा प्रमुख राजेन्द्र घिमिरेले संस्थाका ऋणी सदस्यहरुको ऋणको बिमा सिटिजन लाइफ इन्सुरेन्सले गरेको र आगामी दिनहरुमा सुरक्षित आर्थिक भविस्यको लागि बिमा उद्योगमा जोडिन समेत आह्वान गर्नु भयो भने  लेखा परिक्ष्यक राधा कृष्ण भण्डारीले सहकारीको आन्तरिक नियन्त्रण प्रणालीमा जोड दिनु भयो । कार्यक्रममा बोल्ने  वक्ताहरुले संस्थाको आगामी कार्ययोजनाको बारेमा सल्लाहा सुझाव सहितको शुभाकमना मन्तव्य राख्नु भएको थियो ।

संस्थाकि व्यवास्थापक जया श्रेष्ठले संस्थाको हाल सम्मको वित्तीय प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो ।  संस्थाको करिब ३१ प्रतिसत तरलता रहेको र कुल सम्पति ( वासलात ) करीब  ३ करोड ६५ लाख  रहेको पाइयो ।

संस्थाले चालु आर्थिक वर्षमा करी १००० शेयर सदस्य पुर्याउने र करिव ६ करोडको सम्पति बनाउने लक्ष्य राखेको छ ।   कार्यक्रममा संस्थाको अधिकतम शेयर खरिद गर्ने करिब ११ जना शेयर सदस्य, अतिथि एबम  र उत्कृष्ट कार्यसम्पादन गर्ने  कर्मचारीहरु लाइ मायाको चिनो उपहारले सम्मान गरिएको थियो ।

आगामी असोज २७ गते सम्पन्न हुन गइ राखेको संस्थाको १४ औ बार्षिक साधारण सभाको पुर्व सन्ध्यामा सम्पन्न कार्यक्रममा आगामी ४ वर्षको लागि चयन हुने नया नेतृत्वका आकांक्षीहरुको समेत खोजि गरिएको थियो .  सामुदायिक प्रहरीको सभाकक्षमा सम्पन्न कार्यक्रमको सहजीकरण संस्थाका सचिब  श्रीकृष्ण  भण्डारीले गर्नु भएको थियो ।