Logo
७ मंसिर २०८१, शुक्रबार

ककनीको ल्ह्यासो फ्याफुल्ला सामाजिक उद्यमी महिला सहकारी संस्थामा २ दिने सहकारी व्यवस्थापन तालिम सम्पन्न ।

century-mk

ककनी गाउँपालिका –४, लामाटोल, नुवाकोट अवस्थित ल्हासो फ्याफुल्ला सामाजिक उद्यमी महिला सहकारी संस्थाको आयोजनामा गत शुक्रबार देखी शनिबारसम्म २ दिनको सहकारी व्यवस्थापन तालिम सम्पन्न   भएकोछ । मिति २०६८ सालमा हेफर इन्टरनेशनल नेपालको सहयोगमा ककनी सामुदायिक विकास परियोजना   अन्तर्गत  ३२ वटा समुहको ४०० जना महिला सदस्यहरुको सहभागिमा यस सहकारी संस्थाको स्थापना भएको थियो ।


साना उद्यमको माध्यमबाट जिवनस्तर उकास्ने, स्थानियस्तरमा उत्पादित बस्तुहरुको बजारीकरण गर्ने, कृषिजन्य उत्पादन, विभिन्न किसिमका विरुवाहरुको नर्सरी, पशुपालन, रासायनिक मल, विउ विजन, दिवा खाजा व्यवस्थापन जस्ता कार्यहरु सञ्चालन गर्दै आएको सहकारीको सहकारी शिक्षा   अन्तर्गत  आफ्नै कोषलाई परिचालन गरी सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, समुहका प्रतिनिधिहरुको ३५ जना महिला र १० जना पुरुषको सक्रिय सहभागितामा तालिम सम्पन्न भएको छ ।


संस्थाका व्यवस्थापक लजिता लामाले सहभागिहरुलाई कुल वासलात रु.२,८४,७९,९२८।– भएको, संस्थाको आफ्नै १५ आना जग्गामा सुविधायुक्त भवन निमार्ण गरिएको, आफ्नै नर्सरी व्यवस्थापनमा विरुवाहरु विक्रि गरिएको तथा आगामी दिनमा दुध उत्पादन तथा संकलनको कार्य गर्ने, तरकारीको संकलन गरि बजारिकरण गर्ने योजना रहेको जानकारी गराइएको थियो ।


संस्थाका अध्यक्ष कृष्णमाया लामाको अध्यक्षतामा २ दिनको तालिम सम्पन्न गरिएको छ । तालिममा सहकारीको महत्व, फाइदा, संचालक समिति तथा उपसमितिहरुको कार्य जिम्मेवारी, सेयर, बचत, ऋण, सहकारीमा सदस्यहरु समुहको भुमिका, वित्तिय सेवा, अन्य सेवाहरु, सहकारी मार्फत गर्न सकिने विविध कार्यहरुको विषयमा जानकारी गराइएको थियो । तालिम इनोभेटीभ सोलुसन एण्ड रिसर्च सेन्टरबाट प्रशिक्षकद्वय राजकुमार श्रेष्ठ र ध्रुव ज्ञवलिको सहजिकरणमा सम्पन्न गरिएको थियो ।


तालिमको अन्तमा सहभागीको तर्फबाट लेखा संयोजक, ऋण उपसमिति संयोजक अन्य सहभागीहरुको तर्फबाट बोल्दै तालिम अत्यन्त फलदायी तथा उपलब्धिमुलक भएको कुरा व्यक्त गर्नुभयो ।