Logo
१८ मंसिर २०८१, मंगलवार

रापती समाज काठमाण्डौको आयोजनामा सांस्कृतिक तिज मिलन कार्यक्रमको सम्पन्न ।

century-mk

काठमाडौं ।   रापती समाज काठमाडौंको  आयोजनामा   शुक्रबार काठमाडौंमा सांस्कृतिक तिज मिलन कार्यक्रम सम्पन्न भएको छ  ।  समाजकी  अध्यक्ष सीमा पुरीको अध्यक्षता  र   समाजका आजीवन सदस्य  एबम नेपाल सरकारको तर्फ बाट थाइल्याण्डका राजदुत धन बहादुर वलीको प्रमुख आतिथ्यता  एबम बरिस्ठ गीतकार एबम लोक गायिका चन्द्र कला शाहा को बिशेस उपस्थिति र समाजका करिब १०५  बढी सक्रिय सदस्यको उपस्थितिमा सांस्कृतिक तिज  मिलन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वलीले राप्ति अंचलका विभिन्न जिल्ला हरु  बाट काठमाडौं आइ स्थायी अस्थायी बसोबास गर्दै आउनु भएका तामाम राप्ति बासिहरुलाई हिन्दु नारि हरुलाई  सास्कृतिक एबम आस्थाको पर्व हरितालिका तिजको शुभकामना ब्यक्त गर्नु भयो ।  पछिल्लो समय पर्व मनाउने नाममा अनेक भड्किलो कार्यक्रम गरिरहेको अवस्थामा राप्ति समाजले आफ्नो रैथाने संस्कृतिको जगेर्ना गर्ने र दिदि बहिनि दाजुभाइ हरु संग  भेटघाट भै  शुभकामना आदान प्रदान पनि गरेको प्रति आफु अत्यन्त खुशी भएको समेत बताउनु भयो । समाजले आफ्नो संस्कृति जगेर्ना गर्ने उध्यश्यले तिजको अघिल्लो दिन खाने परिकारको स्वरुपमा खिर पुड़ी अचार तरकारी  खुवाई दरको नाममा  भड्किलो खाजा लाइ बिस्थापित गरेकोमा प्रशंसा समेत गर्नु भयो ।

कार्यक्रममा लोक गायिका चन्द्र कला शाहले  हरितालिका तीजको शुभकामना दिदै  राप्तिका पुराना भाकाहरुका  चर्चित तीज गितहरुले आफ्नो प्रस्तुति समेत गर्नु भएको थियो भने रापती  समाजलाई थप सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।

कार्यक्रममा समाजका पूर्व अध्यक्ष्य सशी शर्मा मजगैया, गोपाल बस्नेत र   प्रविन कुमार रेग्मीले संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्नु भएको थियो ।   कार्यक्रममा प्रमुख अतिथि वली लाइ थाइल्याण्डको राजदुत भएको मा समाजको तर्फा बाट सम्मान पत्र तथा अध्यक्ष्य सिमा पुरीको तर्फा बाट उहा द्वारा लिखित अपरिचित उपन्यास मायाको चिनो स्वरूप प्रदान  गरिएको  थियो ।

साथै  रापती समाज काठमाडौंका केन्द्रीय  कार्यसमितिका  कार्यकारी संचालकहरु बेद प्रसाद भट्टराई, देवराज आचार्य, सृजना श्रेष्ठ, गायत्रा बि.सि. र काली बहादुर खत्री लाइ ओहोदाको प्रमाण पत्र प्रदान गरिएको थियो भने नव प्रवेशी  आजिवन सदस्य हरु पुजा रिजाल, मोहन लाल डाँगी र पदम सुवेदी  लगाएतकालाइ प्रमाण पत्र सहित स्वागत सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै रापती समाजकी अध्यक्ष सिमा पुरीले,  हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान र स्थानीय  नाचगानको संस्कृति जोगाउन सांस्कृतिक तिज मिलन कार्यक्रमको आयोजना  गरिएको बताउनु  भयो । ” हामीहरुले समय परिस्थिति अनुसार आफ्ना संस्कृति हरुलाई जगेर्ना गर्नु पर्ने तर त्यसको लागि भड्किलो किसिमको कार्यक्रम नगरी संस्कृति जोगाउने र रापती अंचल देखि काठमाडौं आइ संघर्ष गरिरहनु भएका तमाम दिदि बहिनि   तथा दाजु भाइ हरुलाई एक किसिमको भाइचाराको संदेश प्रबाह हुने र आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्न सकिने हेतुले यस कार्यक्रम आयोजना गरिएको हो ” उहाले  कार्यक्रम सफल पार्न निस्वार्थ सहयोग गर्नु हुने समाजका अग्रज नेतृत्व, सल्लहाकारज्यु हरु, सहकर्मी र तमाम सदस्य हरुलाई हार्दिक बधाई एबम धन्यबाद  समेत ब्यक्त गर्नु भयो ।

 

कार्यक्रममा राप्ति का विभिन्न संगीत प्रेमी कलाकार एबम गित संगीत लाइ रुचाउनु हुने अग्रज सर्जक एबम साधक साधिका हरुको बाक्लो उपस्थिति रहेको थियो ।  समाजका उपाध्यक्ष्य  एबम  सर्जक  गोविन्द मधुर आचार्यको स्वागत मन्तव्य बाट सुरु गरिएको कार्यक्रमको सहजीकरण समाजकि सचिव एबम सांस्कृतिक तिज मिलन कार्यक्रमकि संयोजक गायिका सृजु अधिकारीले गर्नु भएको थियो ।

यसै बीच  सांस्कृतिक तिज मिलन कार्यक्रम सम्पन्न   पश्चात अब समाजले   महान चाड दशैँ  आगमन को पुर्व सन्ध्यामा बृहत् सांस्कृतिक दशैँ मिलन कार्यक्रम समेत सम्पन्न गरिने समाजकि कोषाध्यक्ष माधवी रेग्मीले जानकारी गराउनु भयो ।