Logo
२३ आश्विन २०८१, बुधबार

करेन्ट लागेर दाङको लमहीमा एक जनाको मृत्यु

century-mk

दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय लमहीका अनुसार बिहीवार राती लमही नगरपालिका वडा नम्बर २ श्रीगाउँमा करेन्ट लागेर सोही ठाउँ निवासी ४५ बर्षिया दिलबहादुर चौधरीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बाटोको छेउ रहेको मसलाको रुखले विजुलीको तार चुँडालेको र सडकमा लत्रिएको तारबाट करेन्ट लागेर चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । शवलाई पोस्टमार्टमका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही ल्याइएकाे वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।