Logo
८ मंसिर २०८१, शनिबार

तुलसीपुरमा डीबी गार्मेन्टको सोरुम उद्घाटन,मजदुरका छोराछोरीलाई १५ प्रतिशत छुट

century-mk

तुलसीपुर । दाङको तुलसीपुरमा डीबी गार्मेन्टको सोरुम उद्घाटन गरिएको छ ।

विहीबार एक कार्यक्रम गरि तुलसीपुर उपमहानगरपालिका वडा नं.५ स्थित तुलसी बोर्डिङ चोकमा सोरुमको उद्घाटन गरिएको हो । उक्त गार्मेन्ट ८ बर्षदेखि तुलसीपुर बसपार्कबाट सञ्चालनमा थियो ।

सोही गार्मेन्टले स्वरुम सञ्चालनमा ल्याएको हो । उक्त सोरुमको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा मन्त्री मास्केले युवाहरु उद्यममा जोडिनुपर्ने जोड दिनुभएको थियो।
पछिल्लो समय युवाहरु विदेश पलायन भइरहेको भन्दै यो दुःखद कुरा भएको मन्त्री मास्कीको भनाई छ । उहाँले युवाहरुलाई उद्यमसिलतामा जोड्नकालागि प्रदेश सरकारले बजेट ल्याएको समेत बताउनु भयो । गार्मेन्टले हाल २५ जनालाई रोजगारी दिएको संचालक प्रकाश वलीले जानकारी दिनु भयो। गार्मेन्टले विद्यालयका पोशाक, टिसर्ट,जाकेट पैन्टलगायतका कपडा उत्पादन गर्छ ।
दाङमै पहिलो पटक स्वदेशमै उत्पादनको प्रयोग गरेर सबै कपडा तयार गर्ने गरिएको प्रबन्ध निर्देशक प्रकाश वलीको भनाइ छ । उक्त सोरुमको सञ्चालकमा वली र रेशम खड्का रहेका हुनुहुन्छ। करिब एक करोडको लागतमा उक्त सोरुम सञ्चालनमा आएको हो ।

यसैगरी अखिल नेपाल यातायात मजदुर संघमा आबद्द मजदुरहरुको छोराछोरीको स्कुल ड्रेसमा १५ प्रतिशत र मजदुरको अन्य परिवारको हकमा चाहि १० प्रतिशत कपडामा छुट दिने मजदुर संघ र डि.बी.गार्मेन्ट प्रा.लि. बिच आज बिहिवार सम्झौता भएकोअखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्य डाँगीले जानकारी दिनु भयो।