रोल्पाको कृष्ण मावि घर्तिगाउँमा म्युजिकल पिटी प्रशिक्षण कार्यक्रम सम्पन्न

century-mk

रोल्पा। माडी गाउँपालिका वडा नम्बर २ को आयोजनामा संचालित बिद्यालयहरुमा अतिरिक्त क्रियाकलाप तालिम अन्तर्गत कृष्ण माध्यामिक बिद्यालय घर्तिगाउँको म्युजिकल पिटी प्रशिक्षण कार्यक्रम आज एक औपचारिक कार्यक्रमका बीच समापन गरिएको छ ।

माडी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष एवम् वडा शिक्षा समिति संयोजक ललित घर्तिमगरको अध्यक्षता तथा माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पलिका स्तरीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, बिद्यालयका अभिभावकलगाएत बुद्धिजीवी, समाजसेवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीले ३ दिनसम्म सिकेका बिहानी प्राथना र अन्य पिटी परेट प्रस्तुत गरेका थिए । बिद्यार्थीले आ-आफ्ना अभिभावकलाइ मालाले सम्मान गर्दा नयाँ प्रस्तुतिले कार्यक्रमको माहिलो निकै रोचक र अर्थपूर्ण देखिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष घर्तिमगरले विद्यार्थीमा संस्कारको विकास गर्न सकियो भने अनुशासित हुने बताउदै बिहानी प्राथनाले संस्कारको विकास हुनेमा विश्वास लिनुभयो । त्यस्तै कालिका मानव ज्ञान नमुना माबि बुटवलका खेल प्रशिक्षक तथा कार्यक्रमका विशिष्ट अतिथि हरिस वलीले आफ्नो संघर्षको जीवन बताउदै बिहानको प्राथना भनेको विद्यार्थीको उर्जा भएकाले यसमा सबैको ध्यान जानुपर्ने बताउदै आफुले म्युजिकल पिटी प्रशिक्षण दिन आफु ३०५ वटा स्थानीय तहमा पुगेको जानकारी गराउनुभयो ।

बिद्यालय व्यवस्थापन समितिका सदस्य तथा वडा शिक्षा समिति सदस्य पशुपति घर्तिमगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन वडा सदस्य सुरेन्द्र बुढामगरले गर्नुभएको थियो । यस्तै कर्यक्रम २ नम्बर वडाको भगवती आधारभूत बिद्यालय पारिवाङ र साझा आधारभूत बिद्यालय व्याङखोलामा हुने वडा कार्यालयले जानकारी दिएको छ ।