काठमाडौं
राष्ट्रिय संगीतकर्मी संघका पुर्व अध्यक्ष, बरिष्ठ गायक तथा सर्जक रेशम थापा बचाउ अभियानमा रापती समाज काठमाडौंले आर्थिक सहयोग गरेको छ । मंगलबार रापती समाज काठमाडौंका तर्फ बाट सल्लाहकार गोपाल बस्नेत र सचिव सृजु अधिकारि नेतृत्वको प्रतिनिधि मण्डलले लामो समय देखि रक्तचापको उपचार गराई रहनु भएका र पछिल्लो समय अन्नपुर्ण न्युरो अस्पताल माइतघरमा स्वास्थ्य लाभ लिरहनु भएका नेपालि संगीत क्षेत्रका धरोहर , राष्ट्रिय संगीतकर्मी संघका पुर्व अध्यक्ष समेत रहनु भएका बरिष्ठ गायक तथा सर्जक रेशम थापा लाइ अस्पतालमै भेटि उहाको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको समाजकी सचिव तथा संगीतकर्मी सृजु अधिकारीले बताउनु भयो । समाजको कार्यसमितिको सक्रियतामा समाजको तर्फ बाट नगद रु १४,०००।०० आर्थिक सहयोग गरिएको कोषाध्यक्ष माधवी रेग्मीले बताउनु भयो ।
पारिवारिक श्रोतका अनुसार गायक रेशम थापा उच्च रक्तचापका कारण बोल्न नसक्ने साथै हात गोडा नचल्ने, सरिरको आधा भाग प्यारलाईस भएको र ब्रेनको नसामा समेत असर देखिएकोले जटिल अवस्थामा पुग्नु भएकोे छ। हाल वहालाई अन्नपूर्ण न्यूरो अस्पताल, माईती घरमा आइसियुमा राखेर टाउको काे अप्रेशनकाे लागि तयारी भइरहेको जानकारी प्राप्त भएको छ चिकित्सकको सल्लाह अनुसार तत्काल उहाँको उपचारको लागि तत्काल ८/१० लाख रुपैयाँ पैसाको आवस्यकता देखिएको छ। विभिन्न संगीत कर्मी, कलाकार तथा संघ संस्थाका प्रतिनिधिहरुले व्यक्तिगत तथा संस्थागत आर्थिकं सहयोग गर्ने क्रम चलिरहेको राप्ती समाजकी अध्यक्ष एवं सर्जक सीमा पुरी ले जानकारी गराउनु भयो ।
यसै बीच राष्ट्रिय संगीतकर्मी संघले आइतबार एक बिज्ञप्ति जारि गर्दै सम्पूर्ण कलाकर्मी संगीतकर्मी दाजुभाइ दिदीबहिनी हरुलाई रेशम थापा बचाउ अभियानमा सक्दो आर्थिक सहयोग गरि रेशम थापा लाइ पुनर्जीवन दिने महान कार्यमा सरिक हुन समेत अपिल गरेको छ ।
यसैबीच इन्द्रेणी कार्यक्रमका संचालक, तथा संगीतकर्मी कृष्ण कँडेल इन्द्रेणी फाउन्डेसन मार्फत रेशम थापा बचाउ अभियानमा सक्दो आर्थिक सहयोगको व्यवस्थापन गर्ने जानकारी गराउनु भयो ।
” म लगायत हाम्रो टीम यतिबेला जुम्ला जिल्लाको कार्यक्रममा व्यस्त भएकोले काठमाडौं आउनासाथ सक्दो आर्थिक सहयोग जुटाउने छौ ” संगीतकर्मी कंडेलको भनाइ उधृत गर्दै राप्ती समाजकी सचिव सृजु अधिकारीले बताउनु भयो । धेरै जनाले थोरै थोरै मात्र पनि आर्थिक सहयोग गर्न सके उहाको सफल उपचार हुने कुरामा समाज बिस्वस्त रहेको समेत सचिब अधिकारीले बताउनु भयो ।
गत भाद्र ९ गते बेलुका घरमै एक्कासी लड्नु भएको गायक थापा, रुमालै छ चिनो, खानीखोला बाचेमा भेट होला, लगायत हजारौं गीतका स्रष्टा सर्जक हुनुहुन्छ .